पुस मसान्तसम्मको दाबी भुक्तानी लिन सलिकोको आग्रह

२५ फाल्गुन २०८१, आईतवार ०७:४०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत पुस मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितहरूलाई आग्रह गरेको छ।

उक्त अवधिसम्म परेको दाबी निवेदनहरूमा केही कागजात अपुग रहेको र केहीको बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएका कारण दाबी भुक्तानी प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई यथाशीघ्र आफूलाई पाएक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा सम्पर्क गरी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको छ।

तोकिएको म्यादसम्म पनि अपुग कागजात पेश नभए वा बीमित सम्पर्कमा नआए सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*