लाभांश पारित गर्न आइजीआई प्रुडेन्सियलको साधारणसभा आज बस्दै

२५ फाल्गुन २०८१, आईतवार ०८:३७

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ।

त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म् कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*