बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२५ फाल्गुन २०८१, आईतवार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ ।













