दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न, उत्कृष्ट सवारी चालक सम्मानित

२५ फाल्गुन २०८१, आईतवार १०:४८

काठमाडौंं । सुरक्षित यात्रा नेपालले बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय समक्ष पेश गरेको दुर्घटना न्यूनीकरण सम्बन्धि प्रस्तावलाई कार्यान्वय गर्न विशेष पहल गरी नेपालगंज बाँकेमा दुई दिने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सहआयोजकमा नेपाल बीमा प्राधिकरण, जीवन बीमक संघ नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र निर्जीवन तथा लघु बीमा कम्पनीहरु रहेका थिए । सो कार्यक्रमको लागि नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा सम्पन्न भएको हो ।

 प्रभातफेरी कार्यक्रममा नेपालगंज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बांके, जिल्ला ट्राफिक कार्यालय, यातायात ब्यवसायी, विद्यार्थी तथा जीवन तथा निर्जोवन र लघु बीमा कम्पनीहरु सहितको प्रभातफेरी कार्यक्रम फागुन २३ गते बिहान नेपालगंज उपमहानगरपालिकाबाट धम्बोझी चोकमा गइ कोणसभाबाट कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट रहेका थिए । साथै उक्त कार्यक्रममा करिव २५०० जना सहभागी भएका थियो ।

सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक तथा सरोकारवालाहरुको भूमिका विषयमा माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता भएको थियो साथै उक्त प्रतियोगिता कार्यक्रममा २० वटा विद्यालयहरुले भाग लिएका थिए ।

साथै,सुरक्षित, सहज र मर्यादित यात्रा तथा चालक सम्मान कार्यक्रममा सम्मानित हुनु हुने चालक, विद्यार्थी तथा बीमा कम्पनीका पदाधिकारीहरु सहभागी रहेका थिए । जुन कार्यक्रममा प्रमुख अतिथिका रुपमा डिआईजी दान बहादुर कार्की रहेका थिए । कार्यक्रममा ७० जना चालकहरुलाई सम्मान गरेको थियो ।

वक्ताहरुले दुर्घटना न्यूनिकरण गर्नका लागि सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पालना गर्नु पर्छ । जसले गर्दा सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याउछ । नेपाल बीमा प्राधिकरण लुम्बिनि प्रदेशका कार्यालय प्रमुखले दुर्घटना बीमाका विषयमा जानकारी गराएका थिए, भने प्रमुख अतिथि डिआईजि दान बहादुर कार्कीले दुर्घटनाका कारणहरु सडकको अवस्था, सवारी साधनको अवस्था, चालककको लापरवाही र यात्रुको लापरवाहीको कारणले दुर्घटना हुन सक्ने विषयमा प्रष्ट्याउनु भएको थियो ।

साथै कार्यक्रमको सभापती सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद वेलवासेले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गरेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*