जनउत्थान सामुदायिक लघुवित्तको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १४औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले गरेका थिए । वार्षिक साधारण सभाको औपचारिक उद्घाटन सँगै संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीकेले वित्तीय संस्थाको सेवालाई दीगो बनाई राख्नका लागि रणनीतिक योजना (सन् २०२३–२०२८) मा परिमार्जन गरी सदस्य केन्द्रित कार्यक्रमहरु निर्माण गरी कार्यन्वयन गर्दै आईरहेको बताए ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा संस्थापक बाबुराम विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, संस्थापक रेवन्त बहादुर विश्वकर्मा, संस्थापक संस्था जनउत्थान प्रतिष्ठानका प्रतिनिधी रण बहादुर रम्तेल र सर्वसाधारण शेयरधनी पशुपती पाठक ले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको १४ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै आ.व. २०८१/०८२ लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले विशेष प्रस्तावको रुपमा भविष्यमा अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अधिकार प्रत्यायोजन गर्ने, पवन्धपत्रमा प्रस्तावित संसोधन, थपमा नियमनकारी निकायले फेरबदल, परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुसार आवश्यक परिमार्जन वा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, वित्तीय संस्थाको प्रबन्ध पत्रमा संसोधन वा थप घट गर्ने प्रस्ताव समेत पारित गरेको छ ।












