राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै
२५ फाल्गुन २०८१, आईतवार ११:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न आइतबार निक्षेप संकलन बोलकबोल आह्वान गरेको छ। बैंकहरूसँग २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
हाल बैंकिङ प्रणालीमा तरलताको मात्रा उच्च रहे पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै आवश्यक व्यवस्थापनका उपायहरू अपनाउँदै आएको छ।












