राताम्य पुँजी बजारः १० अर्बको कारोबार हुँदा १३ वटै उपसूचकमा पहिरो, किन बढ्ने मार्केट ?

काठमाडौँ । पुँजी बजारमा लगातार ओरालो यात्रा जारी छ । कम्पनीहरूले पाँचौं दिन पनि नकारात्मक दिशा अपनाएका छन्, जसका कारण बजारमा गति आइनसकेको छ । लगानीकर्ताको मनोबल कमजोर बनेको कारण बजारमा उत्साहको कमी देखिएको छ ।
यसअघि बजार ९ दिनसम्म बढेको थियो, जसले गर्दा नयाँ लगानीकर्ताहरूको प्रवेशका लागि उत्साह सिर्जना भएको थियो । तर, हालको समयमा बजारमा लगानीकर्ताको मनोबल उच्च नदेखिएको छ, जसको कारण बजारको वृद्धि रोकिएको छ ।
यद्यपि, ब्याजदरको न्यून अवस्था, प्रणालीमा पर्याप्त तरलता र नयाँ लगानीकर्ताको प्रवेशले बजारको भविष्यमा सकारात्मक प्रभाव पार्न सक्छ । यसका साथै, सकारात्मक मनोविज्ञानले निकट भविष्यमा बजारलाई नयाँ उचाइमा पुर्याउने सम्भावना रहेको विश्लेषकहरूको अनुमान छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ । आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतशित, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार २४ कम्पनीको शेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ ।












