पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
२५ फाल्गुन २०८१, आईतवार १६:४८

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्। उनी समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आएका हुन्।
उनको आगमनलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति देखियो। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाउँदै स्वागत गरेका थिए। राजसंस्थाप्रति प्रतिबद्धता जनाउँदै उनीहरूले र्यालीसहित शाहलाई निर्मल निवास पुर्याउने तयारी गरेका छन्।
यसैबीच, विमानस्थल र त्यस वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राजावादी समूहको उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको प्रहरीले जनाएको छ।














