स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

२५ फाल्गुन २०८१, आईतवार १७:४५

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ ।

समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको हो । समितिले बोर्डको कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*