अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

२६ फाल्गुन २०८१, सोमबार ०७:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.२६ रुपैयाँ र बिक्रीदर १५०.९१ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.२२ रुपैयाँ र बिक्रीदर १८०.०० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.६४ रुपैयाँ र बिक्रीदर १५८.३२ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.४६ रुपैयाँ र बिक्रीदर ८७.८४ रुपैयाँ तथा क्यानाडियन डलर एकको खरिददर ९६.४६ रुपैयाँ र बिक्रीदर ९६.८७ रुपैयाँ तोकिएको छ।

सिङ्गापुर डलर एकको खरिददर १०४.२० रुपैयाँ र बिक्रीदर १०४.६५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ तथा कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ रहेको छ।

थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ तथा स्विडिस क्रोनर एकको खरिददर १३.७५ रुपैयाँ र बिक्रीदर १३.८१ रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.१५ रुपैयाँ र बिक्रीदर २०.२३ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.११ रुपैयाँ र बिक्रीदर ४५२.०५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.९२ रुपैयाँ र बिक्रीदर ३६९.५१ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३६०.२७ रुपैयाँ र बिक्रीदर ३६१.८३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*