मकर जितुमाया सुरी हाइड्रोपावरका सीईओ र वित्त प्रमुखले दिए राजिनामा

२६ फाल्गुन २०८१, सोमबार १०:४९

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिकाश खनाल र वित्त प्रमुख तथा कम्पनी सचिव उमेश कुमार उपाध्यायले राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ साल फागुन २५ गते बसेको बैठकले उनीहरूको राजिनामा स्वीकृत गरेको छ ।

स्वीकृत निर्णयअनुसार सीईओ खनालको राजिनामा २०८१ साल चैत २१ गतेदेखि लागू हुनेछ भने वित्त प्रमुख तथा कम्पनी सचिव उपाध्यायको राजिनामा २०८१ साल चैत २६ गतेदेखि प्रभावकारी हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*