राप्रपाले बुझायो काठमाडौं महानगरलाई १ लाख जरिवाना
२६ फाल्गुन २०८१, सोमबार १४:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई १ लाख जरिवाना बुझाएको छ। राजाको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा भौतिक क्षति र जथाभाबी फोहोर फैलिएको आरोपमा काठमाडौं महानगरले राप्रपालाई जरिवाना लगाएको थियो।
सो जरिवाना रकम सोमबार राप्रपाले महानगरलाई बुझाएको हो। संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीसँग भेट गर्दै जरिवाना रकम बुझाएका छन्।













