सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२६ फाल्गुन २०८१, सोमबार १५:१६

काठमाडौँ । शेयर बजार राताम्य भएपनि आज केहि कम्पनीका लगानीकर्ताहरुले भने मनग्य कमाएका छन् । आज नेष्डो समृद्धि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता दुई हजार ४३६ रुपैयाँ पुगेको छ।

यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो ।

यता, गार्डियन माइक्रो लाइफको ८.७३ प्रतिशत, विन विकास लघुवित्तको ८.५३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.०२ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*