बेष्ट फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

२८ फाल्गुन २०८१, बुधबार ०९:२८

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ।

हाल यस कम्पनीको संस्थापक शेयरधनीको ६१.४२ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले यसलाई परिवर्तन गरेर संस्थापकतर्फ ५१.४२ र सर्वसाधारणतर्फ ४८.५८ प्रतिशत कायम गर्ने बताएको छ।

कम्पनीको गत कात्तिक १४ गते बसेको २७औं वार्षिक साधारणसभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाल राष्ट्र बैंकले पनि अनुमति दिएपछि कम्पनीले शेयर संरचना परिवर्तन गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*