अमेरिकी डलरको भाउ सामान्य घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीमूल्य १३९.८४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.९४ रुपैयाँ र बिक्रीदर १५२.५९ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८०.४१ रुपैयाँ र बिक्रीदर १८१.१९ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.८५ रुपैयाँ र बिक्रीदर १५८.५३ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.५९ रुपैयाँ र बिक्रीदर ८७.९७ रुपैयाँ र क्यानाडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०३ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४.४४ रुपैयाँ र बिक्रीदर १०४.८९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२३ रुपैयाँ र बिक्रीदर १९.३१ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.२९ रुपैयाँ र कतारी रियाल एकको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.३७ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४३ रुपैयाँ र बिक्रीदर ३१.५६ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र स्विडिस क्रोनर एकको खरिददर १३.८२ रुपैयाँ र बिक्रीदर १३.८८ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.३७ रुपैयाँ र बिक्रीदर २०.४६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९२ रुपैयाँ र बिक्रीदर १८.०० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१.८० रुपैयाँ र बिक्रीदर ४५३.७५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६९.३६ रुपैयाँ र बिक्रीदर ३७०.९५ रुपैयाँ र ओमानी रियाल एकको खरिददर ३६१.६७ रुपैयाँ र बिक्रीदर ३६३.२३ रुपैयाँ रहेको छ।













