आइतबार यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए
३ चैत्र २०८१, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ३१ वटाको मात्र शेयरमूल्य बृद्धि भएको छ ।
आज सामुदायिक लघुवित्तका लगानीकर्ता मालामाल बनेका छन् । नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि यस लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १८१ रुपैयाँ अर्थात ८.१९ प्रतिशतले बढेको छ ।
साथै, आइतबार बिसाल बजार कम्पनीको ५.३४ प्रतिशत, आरएसडिसी लघुवित्तको ४.४३ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावर लगायतको शेयरमूल्य बृद्धि भएको छ ।













