वर्षायाममा ४० र हिउँदमा ७० प्रतिशत पानी नेपालको हिमवत्खण्डबाटै बग्छः प्रधानमन्त्री ओली

धनबहादुर मगर
४ चैत्र २०८१, सोमबार १२:१८

काठमाडौं । काठमाडौं घोषणापत्र २०८१, जारी गर्दै हिमवत्खण्ड कला–सहित्य, संस्कृति सम्मिलन सम्पन्न भएको छ ।

उक्त सम्मिलन मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना गरेको हो । यही २०८१, चैत्र १ देखि ३ गतेसम्म राष्ट्रियसभा गृह, बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक नगरस्थित होटल लेमन ट्रीमा चलेको थियो । उक्त सम्मिलनमा हिमवत्खण्ड कला–साहित्य संस्कृति सम्मिलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मिलनको महत्व, उद्देश्य, हिमवत्खण्डलाई विश्व सामु चिनाउन पनि रहेको बताएका छन्।

सम्मिलन समापन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विविधता युक्त नेपाली समाजको गौरवपूर्ण इतिहास भएको बताउँदै पुर्वजहरुले मानव सभ्यताको लागि दिएको योगदान असाधारण योगदान भएको बताए । ‘ठूलो वृक्षको विज सानो हुन्छ ।’ हाम्रो सभ्याताको विजको ज्ञान सानैबाट शुरु भएको छ । तर असाधारण योगदान पुर्वहरुले गरेको छ ।

सम्मिलनमा म हिमवत्खण्डको आजीवन सदस्य जतिकै हुँ । साहित्यकला संस्कृति, ज्ञानको उत्पति यहीँबाट नै किन भयो ? असाधारण कुरा हो । अग्ला हिमालहरु यही हुनु पर्ने किन ? डाँफे मुनाल, एकसिंङ्गे गैंडा र ठूला हात्ती यही नै हुनु पर्ने किन ? यो विविधताको नमूना हो ।

हाम्रो समृद्ध समाज, हिमवत्खण्डसम्मको भू–भागसम्म फैलिएको छ । विविधतायुक्त, समाज साना भन्दा जीव र देखि ठूला जीव यहीँ हुनु पर्ने किन ? ८ हजार मिटर माथिका धेरै हिमालहरु, शिखरै शिखर हुनु पर्ने किन ? यसलाई हिमवत्खण्ड नभनि के भन्ने ? हिमवत्खण्डको शुरुवात गंगा नदीको तट, अनि जैविक विविधता, वनस्पति, जनजाति र भाषाको विविधता भएको हाम्रो देश, अनौंठो देश !

हाम्रा पहिचान, थात्थलो न्वारानको नाम, ब्राह्मण बोलाएर राखिने नाम भन्दा आफू खुशीले राख्ने नामबाट बढी पहिचानले चिनिन्छ ।

६ हजार वर्ष अघिको पुस्ता कति भए, एक हजार वर्षमा २४०० पुस्ता, ६ हजार वर्षमा १ लाख ८० हजार पुस्ताले आजसम्म पार गरेको छ । आजको मानव जातिले खोज अनुसन्धान गरेर प्याटेन्ट राइटको कुरा उठाएको छ । समाज गतिशील छ । सम्हालेर कसरी राख्ने, आजको आवश्यकता हो । खोज अनुसन्धानको गर्ने जेनेटिक मेमोरी हामीलाई पुर्वहरुले दिएको छ । मलाई पुनर्जन्मको विश्वास छैन । तर पुनर्जन्म भनेकै एक ठाउँबाट अर्को ठाउँमा रुपान्तरण भएको कुरालाई नै पुनर्जन्म हो भनेर मान्नुपर्छ । त्यही हाम्रो हजारौं वर्षका वंशजहरुले हामीलाई हाम्रो मानव सभ्याता उत्पत्तिको खोज गर्ने अधिकारको पुर्वजहरुको जेनेटिक मेमोरीले दिएको छ । मानवीय सुख सुविधाको लागि अगाडि बढ्नु पर्छ ।

भाषामा धेरै टाउको दुखाउनु हुन्न । जुन ठाउँमा उत्पादन हुन्छ त्यही ठाउँमा त्यहीको नाम राखिन्छ । तर ती ठाउमा उत्पादन भएको वस्तु अर्को ठाउँमा पग्दा उसले सबैकुरा बोकेर जानुपर्छ ।

अंग्रेजी भाषा किन विकसित भयो ? रोमन र ग्रीक देखि विकसित भएर अंगे्रजी विश्वमा विस्तार भएको हो । टाउँको भन्दा गहँ्रगो टोपी लगाएर भारी बोक्नु हुन्न । आगन्तु शब्दको धेरै विरोध नगरौं । बुहारी भित्र्याउँदा गोत्र, थर, भाषा, संस्कृति सबै लिएर आएको हुन्छ । त्यसलाई नकार्न सकिदैन । बुहारी त बुहारी नै हुन् ।

प्रधानमन्त्री ओलीले हामी नयाँ युगतिर गईसकेको बताएका छन्। भाषालाई परिस्कृत र समृद्ध बनाउने हो । भारतको संधिवानको धारा ११६ नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिएको छ । हामी नेपालीलाई मान्यता दिइराख्नु पर्दैन । हामी हकदार हौं । अंगीकृत होइन, जन्मसिद्ध हो, वंशको नागरिकता लिनु पर्दैन । नेपाली भाषा पञ्जावी, ड्रविड यावत् भारोपेली, हिन्दी भाषाको जस्तो होइन । हामीमा देश अनुसारको स्थानीय भाषाहरु छन् । समय अनुसार चाँडोभन्दा चाँडो सम्मिलनहरु गर्दै जानु पर्छ ।

प्रधानमन्त्री ओलीले हिमवत्खण्डको महत्व दर्शाउदै वर्षा याममा ४० प्रतिशत र हिउँद याममा ७० प्रतिशत पानी हिमवत्खण्डबाटै बगेर गंगा नदिको तटसम्म पुग्ने बताएका छन्। हिमवत्खण्डका नदिका धाराहरुले दिएको सभ्यता हामीले भुल्नु हुँदैन । यो नेपालको लागि गौरवको विषय पनि हो । यसको महत्व छुट्टै छ । यहीँबाट बगेर जाने नदिका धारहरुले हिमवत्खण्डको सभ्यता दिएको छ । अगाडि बढ्ने संकल्प गरौं । प्रधानमन्त्री ओलीले भने ।

सम्मिलनले ९ सदस्यीय हिमवत्खण्ड कला–साहित्य संस्कृति घोषणा सहित, भारत, वर्मा, थाइल्याण्ड, भुटान, बंगलादेश, सिक्किम, दार्जिलिङ, बेलायत, लगायतका देशहरुबाट प्रतिनिधित्व हुने आयोजक समितिको व्यवस्था गरेको छ । सम्मिलनले हिमवत्खण्डको कला–साहित्य संस्कृतिलाई संकल्प सहित १७ वुँदे घोषाण पत्र समेत जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*