एनसिएग्रो टेक इण्ड्रष्ट्रिजले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

४ चैत्र २०८१, सोमबार १३:३७

काठमाडौँ । एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । कम्पनीले आइपपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वि.संं. २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लि.को रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाग्मती प्रदेश, काठमाण्डौं जिल्ला, टोखा नगरपालिका वडा नं. ०८, काठमाण्डौंमा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी गैडाकोट –१४, नवलपुरमा रहेको छ ।

कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियान अन्र्तगत ः कृषि उत्पादन भई खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने तथा औषधीयमहत्व बोकेका च्याउ जस्तै यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला आदी च्याउहरु तथा यी च्याउहरुका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाइ विदेश समेत निर्यात भइरहेको तथा च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप तथा क्यान मशरुम आदि बनाउनुको साथै गोब्रे च्याउ उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यवसायिक कृषकहरुलाई बिक्री वितरण गर्दै आइरहेको छ । यस कम्पनीले च्याउ टिपिसकेपछि बाँकि रहेको कम्पोष्ट तथा बाँस प्रशोधन गर्दा निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरण मैत्री संरचनाको समेत निर्माण गरेको छ ।

नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउ बिजन समेत उपलब्ध गराउने कार्य यस कम्पनीले गर्दै आइरहेको र यसका अलावा अत्याधुनिक स्रोत साधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका बाँसका अन्य बस्तु समेत उत्पादन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*