क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता

५ चैत्र २०८१, मंगलवार ०८:३६

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ।

रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ।

यी तीन तरिकाबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*