प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा

६ चैत्र २०८१, बुधबार ०६:४१

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको सञ्चालक समितिमा निवेदन पेश गर्नु पर्नेछ।

तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*