पाँच वर्ष पूरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह
६ चैत्र २०८१, बुधबार ०६:५०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पूरानो लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश केही शेयरधनीहरूले हालसम्म पनि नलिएकाले आगामी ३५ दिन भित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ।
तोकिएको समयसीमा भित्र पनि शेयरधनीले लाभांश नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जानकारी दिएको छ।













