नेपाल बैंकको साधारणसभा आज बस्दै

६ चैत्र २०८१, बुधबार ०७:२८

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा आज हलचोकस्थित नेपाल एपीएफ क्लबमा बस्दैछ। सभा बिहान साढे १० बजेदेखि शुरू हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*