ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि गोरखा जाने

६ चैत्र २०८१, बुधबार १०:४६

काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।

यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*