हिमालयन लघुवित्तद्वारा सुनिता आचार्य पुनः सञ्चालक नियुक्त
६ चैत्र २०८१, बुधबार १०:५७

काठमाडौँ। हिमालयन लघुवित्त लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सुनिता आचार्यलाई पुनः सञ्चालक पदमा नियुक्त गरेको छ।
लघुवित्तका अनुसार आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ख), कम्पनी ऐन, २०६३ को दफा ८७ को उपदफा १ (२) तथा बैंकको नियमावलीअनुसार निर्णय गरिएको हो।
यस सम्बन्धमा लघुवित्तको सञ्चालक समितिको २३९औँ बैठक २०८१ साल चैत ४ गते बसेको थियो। बैठकले अर्को साधारण सभासम्मका लागि बनेपा नगरपालिका वडा नं. ९ निवासी आचार्यलाई पुनः सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ।













