नेप्सेको सीईओमा सर्टलिस्टमा परेका पाँच जनाले प्रस्तुत गरे व्यावसायिक कार्य योजना

६ चैत्र २०८१, बुधबार १२:२५

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि चयन गरिएको पाँच जनाले आज आफ्नो व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । सर्टलिस्ट सूचीमा समावेश हुने व्यक्तिहरूमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्।

यी व्यक्तिहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त भएकोले सर्टलिस्टमा चयन गरिएको हो। अब यी व्यक्तिहरूको कार्य योजना मूल्याङ्कन गरिनेछ र त्यसको आधारमा योग्य सीइओ चयन गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*