चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

६ चैत्र २०८१, बुधबार १३:०४

काठमाडौं। सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार (चैत ४ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरेको छ। यस्तै, ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा नरेशराज अर्याललाई नियुक्त गरेको छ।

बैठकले जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

यसका साथै, बैठकले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय पनि गरेको छ।

सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायता सम्बन्धी वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*