स्वास्थ्य शिविरमा सानिमा बैंकको आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शक्तिचोकमा नेपाली सेनाको रिपुमर्दन गण र शहीद लखन गाउँपालिले आयोजना गरेको स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ।
गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।
उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको बैंकले जनाएको छ।
बैंकले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। बैंकले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२६ वटा एटीएम सञ्चालनमा रहेका छन्।












