नेपाल माइक्रो इन्स्योरेन्सको शेयर अभौतिकीकरणका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच अभौतिकिकरण प्रक्रिया सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ।
चैत १५ गते सिडिएससीको पुतलीसडकस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरहरू अभौतिकीकरण धितोपत्र राख्न, हस्तान्तरण गर्न र व्यवस्थापन गर्न सहज हुनेछ।
सम्झौतामा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र हिमालयन इन्भेष्टमेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज.ब. राणाले हस्ताक्षर गरेका छन्।













