प्रतिकित्ता १०० रूपैयाँमै ओभरसिज नेपालिजको १० लाख शेयर बिक्रीमा
२४ चैत्र २०८१, आईतवार ०७:०९

काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
शेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र निवेदन पेश गर्नु पर्नेछ।
साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका पूर्ण आवेदन प्राप्त नभएमा बाँकी बसेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।













