अछाममा आगलागीबाट २९ घर र पसल जलेर नष्ट, क्षतिको विवरण संकलन गरिदैं

२७ चैत्र २०८१, बुधबार ११:१०

काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो।

जलेका २९ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*