मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

२७ चैत्र २०८१, बुधबार १६:५२

काठमाडौं । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा एक जना गम्भीर घाइते भएको सिराहा प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको उपचारको क्रममा मृत्यु भएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।

उनका अनुसार गोल बजारबाट पसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुई वटै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मोटरसाइकलमा पछाडि बसेका सिराहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादव भने गम्भीर घाइते भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*