विदेशी मुद्रा सञ्चिति २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

२७ चैत्र २०८१, बुधबार १७:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचकांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ।

अमेरिकी डलरको हिसाबमा हेर्दा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति १३.१ प्रतिशतले बढ्दै फागुन मसान्तमा १७ अर्ब २७ करोड पुगेको छ।

कुल सञ्चितिभित्र नेपाल राष्ट्र बैंकको हिस्सादेखि पनि सकारात्मक संकेत देखिएको छ। राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तको १८ खर्ब ४८ अर्ब ५५ करोडबाट १५.२ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको हो।

यस्तै, नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड थियो भने यो ४४.९ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २ खर्ब ७८ अर्ब ९५ करोडमा पुगेको छ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा फागुनमा ४४।९ प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१।७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१।८२ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२।२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५।८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*