नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जडिबुटी कम्पनीका कर्मचारी अख्तियारको फन्दामा

२८ चैत्र २०८१, बिहीबार १३:३२

काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह–५ मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेर जागिर खाएको अभियोग उनीमाथि छ।

उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन युपीको हाइस्कूल परिक्षा उत्तीर्ण गरेको भनी झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह–४ मा भर्ना भई हाल बढुवा भएर पाँचौ तहमा कार्यरत थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*