हप्ता दिनदेखि बालेन शाह महानगरपालिकामा अनुपस्थित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एक हप्तादेखि कार्यालयमा अनुपस्थित रहेका छन्। चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएपछि बालेन शाहले कार्यालय जान छोडेका हुन् ।
यसअघि, गुरागाईंलाई काठमाडौँ भ्यू टावरको नक्सा पास गरेको आरोपमा बालेनले गैरकानुनी रुपमा निलम्बनमा राखेका थिए। तर, चार महिनापछि उपमेयर सुनीता डङ्गोल, वडाध्यक्ष, कर्मचारी र सङ्घ सरकारको दबाबका कारण गुरागाईंले पुनः कार्यालयमा हाजिर गरे।
शाहले गुरागाईंको कार्यालय प्रवेश रोक्न चाहन्थे । जसका लागि नगरप्रहरीको सहयोग लिने प्रयाससमेत गरे। तर, प्रशासनिक स्तरमा अन्य पक्षहरूको दबाबका कारण गुरागाईंको हाजिरी गरे ।
गुरागाईं कार्यालयमा हाजिर भएपछि बालेन शाह भने आफ्नो अडानलाई ध्यानमा राख्दै कार्यालय जान बन्द गरे। यसपछि, २७ चैतमा बालेन भैरवहिटी क्षेत्रको अवलोकनमा गएका थिए, तर काठमाडौँ महानगरको कार्यस्थलमा भने उपस्थित हुन सकेनन्।













