शहरी क्षेत्रमा घरको नक्सा पास गर्दा बीमा अनिवार्य गर्न सुझाव
२९ चैत्र २०८१, शुक्रबार ११:३४

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल सरकारलाई शहरी क्षेत्रमा घरको नक्सा पास गर्दा अनिवार्य रूपमा घरको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिएको छ।
रामेश्वर प्रसाद खनालको अध्यक्षतामा गठित उक्त समितिले प्रतिवेदन मार्फत् नेपाल सरकारलाई यस्तो सुझाव दिएको हो।
समितिले बीमा प्रिमियम तिरेको रकम करयोग्य सम्पत्तिको मूल्य निर्धारण गर्दा घटाउने व्यवस्था गर्न पनि सिफारिस गरेको छ। यसका साथै बीमा एकेडेमि स्थापना गर्न, कृषि तथा पशु बीमा अनुदान स्थानीय तहबाटै दिने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ।













