नयाँ वर्षमा सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२ बैशाख २०८२, मंगलवार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।













