रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन जेठमा सकिँदै
५ बैशाख २०८२, शुक्रबार ०९:४९

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने भएको छ।
कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेको छ।
लकइन अवधि सकिएपनि संचालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।













