फेरि ठप्प भए सरकारी वेबसाइट

५ बैशाख २०८२, शुक्रबार १३:२१

काठमाडौँ । शुक्रबार बिहानदेखि देशभरका धेरैजसो सरकारी वेबसाइटहरू एकाएक बन्द भएका छन्, जसले नागरिकलाई आवश्यक सूचना र सेवा लिनै नसक्ने अवस्थामा पुर्‍याएको छ। सूचना प्रविधि पूर्वाधार सुधारका लागि करोडौँ खर्चिए पनि सामान्य सेवा उपलब्ध गराउन नसक्नुले गम्भीर प्रश्न खडा गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रसहित संघ, प्रदेश र स्थानीय तहका सरकारी वेबसाइटहरूमा ठूलो अवरोध देखिएको हो। डीएनएस सर्भरमा उत्पन्न समस्या नै अधिकांश वेबसाइटहरू बन्द हुनुको मुख्य कारण भएको बताइएको छ। कतिपय वेबसाइटहरू कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा छन्, जसले प्रयोगकर्ताहरूलाई ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश देखाइरहेको छ।

प्रविधिमा आधुनिकीकरणको चर्चा भइरहँदा समेत बारम्बार देखिने यस्ता समस्याले सरकारी संयन्त्रको गम्भीर कमजोरी उजागर गरेको छ। सेवा प्रवाहको मूल स्रोत ठप्प हुँदा सिंहदरबारको सूचना प्रणाली नै धरासायी देखिएको छ। लगानी बढाउँदै ल्याइएका परियोजनाहरूको प्रभावकारी कार्यान्वयन नहुनु र जिम्मेवार निकायहरूको मौनताले प्रविधिमा सरकारको संवेदनशीलता शून्यजस्तै देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*