सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

१२ बैशाख २०८२, शुक्रबार ०६:२४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

अर्थात् यस कम्पनीको १ कित्ता साधारण शेयर हुनेले ०.२७ कित्ताहकप्रद शेयरको दरले आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति जेठ १९ गते रहेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेकाले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर–एनपी ट्रिपल बी’ इस्युअर रेटिङ्ग दिएको छ यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरमा रहेको संकेत गर्छ। यो रेटिङ्ग आगामी असोज १९ गतेसम्म रहनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*