हिमालयन लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

१२ बैशाख २०८२, शुक्रबार ०६:४६

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ।

कम्पनीले यस वर्षको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ जबकी अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड १३ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो। गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको साही अवधिमा कम्पनीको खुद नाफा ३६९.३४ प्रतिशतले वृद्धि भएको हो।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) वार्षिकीकरण मा पनि वृद्धि भएको छ। कम्पनीको ईपीएस गत वर्ष ४ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर २२ रुपैयाँ ३० पैसा पुगको छ।

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफामा समेत वृृद्धि भएको छ। गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी करीब १६ करोड रहेकोमा चालू आवमा बढेर करीब साढे १४ करोड पुगेको छ।

सञ्चालन नाफा पनि गत वर्ष १ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको वितरणयोग्य नाफा १ करोड ११ लाख रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ करोड २८ लाख रुपैयाँ सञ्चिति रहेको छ।

कम्पनीले ३ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ अर्ब ३ करोडबढी निक्षेप संकलन गरेको छ। कम्पनीको निष्क्रिय कर्जा ५.३४ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।

लघुवित्त विरुद्ध चलिरहेको संघर्षका कारण ऋणीले किस्ता र कर्जा तिर्न अटेर गरेकाले निष्क्रिय कर्जामा पर्याप्त सुधार गर्न नसकेको कम्पनीले जनाएको छ।

यता लघुवित्त बीचको बढ्दो प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव र सञ्चालन खर्चमा हुनसक्ने वृद्धिमा पनि कम्पनीले ध्यान दिनु पर्ने अवस्था छ भने दुर्गम स्थानहरूमा कार्यक्रम विस्तार गर्न आवश्यक पूर्वाधारको अभाव कम्पनीलाई मुख्य चुनौती रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*