आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

१२ बैशाख २०८२, शुक्रबार ०७:२४

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज दिउँसो १ बजेबाट शुरू हुँदैछ भने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक आज बस्दैछ। हिउँदे अधिवेशन गत चैत १९ गते सकिए यता करीब तीन सातापछि संसद पुनः बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकको शुरूवातमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओलीले पछिल्ला समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

शिक्षकहरूले शिक्षा ऐन ल्याउन माग गर्दै तीन सातादेखि आन्दोलन गरिरहेका छन्। सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरूलाई विश्वास दिलाउन सरकारले संसद अधिवेशन अघि सारेको हो। अधिवेशनको शुरूवातमै विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ’वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ संसदमा पेश गर्ने कार्यसूची पनि रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*