सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष करीब साढे ३९ अर्ब

१२ बैशाख २०८२, शुक्रबार ०७:४८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

कम्पनीले यस वर्षको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ मात्रै थियो। गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३१.९० प्रतिशतले वृद्धि भएको हो।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। कम्पनीको ईपीएस गत वर्ष ६ रुपैयाँ ५८ पैसा रहेकोमा चालू आवमा बढेर ७ रुपैयाँ ८७ पैसा कायम भएको छ।

त्यस्तै कम्पनीको जीवन बीमाकोष गत वर्ष ३१ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चालू आवमा वृद्धि भएर ३९ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ।

यता कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै कम्पनीको कुल खर्च पनि ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ३९ करोड रुपैयाँ र जगेडा कोषमा ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*