एशियन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छुट

१२ बैशाख २०८२, शुक्रबार ०८:३३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू रिन्यू गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२ देखि आउँदो असार २० गतेसम्म रिन्यू गर्दा छुट पाइँनेछ।

कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि १० वर्षदेखि माथि रहेको बीमालेखमा शतप्रतिशत, ५ वर्षदेखि १० वर्षभन्दा कममा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कममा २५ प्रतिशत छुट दिने जनाएको छ।

साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको बीमालेखमा र एकपटक छुट सुविधा लिइसकेकाले यो सुविधा नपाउने र शतप्रतिशत छुट सुविधाबाट रिन्यू भएका बीमालेख समर्पण भएमा छुट रकम काटिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*