ग्रामीण विकास लघुवित्तको खुद नाफा १६ प्रतिशत बढ्यो

१२ बैशाख २०८२, शुक्रबार ०९:१३

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २४ करोड ६८ लाख रुपैयाँ पुगेको हो। यस वर्ष कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढे ३५ करोड १४ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी गत आवमा ६४ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८५ करोड ७७ लाख रुपैयाँ नाघेको छ।

यससँगै गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५१ पैसा रहेकोमा चालू आवमा बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट घटेर ४.४२ प्रतिशतमा झरेको छ।

कम्पनीको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने शेयर प्रिमियम करीब पौने ७ करोड रुपैयाँ, रिजर्भ कोषमा २ अर्ब बढी र जगेडा कोषमा २८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीले करीब १३ करोड रुपैयाँ सापटी लिएर १२ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ भने झण्डै साढे ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ ४८ पैसा छ।

यस कम्पनीले ग्रामीण क्षेत्रमा कर्जाको माग नबढेको, कोभिडको कारण जोखिममा परेका ग्राहकको परियोजना कोभिड अघिकै अवस्थामा चल्न नसकेको, सदस्यहरूले संस्था त्याग्दै गएको र आर्थिक गतिविधिमा आएको सुस्तताका कारण ग्राहकले कर्जाको साँवा ब्याज तिर्न नसकेको समस्या औंल्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*