समता घरेलु लघुवित्तको साढे ३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

१२ बैशाख २०८२, शुक्रबार १०:०३

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ।

कम्पनीको कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ६३.८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६.१३ प्रतिशत शेयर स्वामित्व कायम गरिएको कम्पनीले जनाएको छ।

शेयर स्वामित्व परिवर्तन भएपछि संस्थापक समूहतर्फ ४० लाख १७ हजार ७५२.३५ कित्ता र सर्वसाधारणतर्फ २२ लाख ७२ हजार ७६३.३० कित्ता शेयर अनुपात रहने गरी नेप्सेमा अभिलेख गरिएको कम्पनीले जनाएको छ।

1745490172801

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*