एक सातादेखि बीमा प्राधिकरण नेतृत्वविहीन

१२ बैशाख २०८२, शुक्रबार १२:११

काठमाडौं । नेपाल बीमा प्राधिकरण एक सातादेखि नेतृत्व विहिन हुन पुगेको छ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशिल सुवेदी चीन भ्रमणमा जाँदा कामु जिम्मेवारी कसैलाई नदिई गएकोले नेतृत्व विहिन हुन पुगेको हो ।

विदेश भ्रमणमा जाँदा अध्यक्ष ओझाले कुनै पनि सञ्चालकलाई जिम्मेवारी नदिएको खुलेको छ । त्यस्तै, कार्यकारी निर्देशक सुवेदीले पनि कसैलाई पनि जिम्मेवारी दिएका छैनन् ।

बीमा प्राधिकरणको अध्यक्षसहितको टोली गत साताको शनिबार चीनको संघाईतर्फ गएका थिए । चीनको संघाईमा अन्तर्राष्ट्रिय नियामकहरुको सम्मेलनमा भाग लिन टोली त्यसतर्फ गएको हो । यही अप्रिल २२ र २३ गते चीनमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ ।

चीन भ्रमणमा गएको टोली आज काठमाडौं आउँदैछ । चीन भ्रमणमा जाँदा बीमा प्राधिकरणका कसैलाई पनि जिम्मेवारी नदिइएको पाइएको छ । बीमा क्षेत्रको नियामक निकाय एक सातादेखि नेतृत्व विहिन हुँदा कुनै पनि महत्वपूर्ण निर्णयहरु हुन सकिरहेको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*