आज आमाको मुख हेर्ने दिन, मातृभक्तिका साथ मनाइँदै

१४ बैशाख २०८२, आईतवार ०६:४२

काठमाडौं । आज देशभर आमाको सम्मान र प्रेम प्रकट गर्ने विशेष दिन ‘आमाको मुख हेर्ने दिन’ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन यो पर्व मातृभक्तिका साथ मनाइँने गरिन्छ।

आज छोराछोरीहरूले आफ्ना आमाको लागि मिठा परिकार, लुगा, दक्षिणा आदिले सम्मान व्यक्त गर्छन्। आमाबाट टाढा भएकाहरूले पनि फोन, भिडियो कल वा विभिन्न सन्देशमार्फत शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहीआएको छ।

आमालाई गुमाएका व्यक्तिहरूले भने मातृ सम्झनामा तीर्थस्थलमा गई गोकर्णेश्वर लगायतका स्थानमा जल अर्पण गर्ने परम्परा छ। मातातीर्थमा आज बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*