दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
१४ बैशाख २०८२, आईतवार ०७:४८

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ३ दिनका लागि पुनः खोलेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन १४ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो।
तर कम्पनीका केही शेयरधनीहरूले आफ्नो हक बराबरको हकप्रद शेयरका लागि आवेदन दिन छुटेको गुनासो गरेपछि वैशाख १२ देखि १४ गतेसम्म ३ दिनका लागि पुनः निष्कासन गरेको हो।
यसमा आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिने र त्यसपछि आवेदन लिने प्रक्रिया बन्द गर्ने कम्पनीले जानकारी दिएको छ।













