पूर्वउपप्रमुख डंगोलको निधनमा आज काठमाडौं महानगरमा शोक बिदा
१४ बैशाख २०८२, आईतवार १०:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा शोक बिदा दिएको छ।
महानगरले आज अत्यावश्यक सेवा बाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा दिइएको जनाएको छ।
पूर्व स्थास्थ्य राज्यमन्त्री समेत भइसकेका नेपाली कांग्रेसका नेता डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको थियो।














