नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाउँदै

१४ बैशाख २०८२, आईतवार १२:१९

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आफ्नो ७० औं स्थापना दिवस मनाइरहेको छ। २०१३ सालको वैशाख १४ गते स्थापना भएको यस केन्द्रीय बैंकले ७० वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ।

कार्यक्रमको अवसरमा कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने प्रतिबद्धता जनाइन्। उनले भने, ‘राष्ट्र बैंक वित्तीय प्रणालीको प्रगति र सुधारको लागि सधैं समर्पित रहनेछ, जसले सर्वसाधारणको विश्वसनीयता र विश्वासमा अभिवृद्धि ल्याउनेछ।’

यस ७० औं वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले वित्तीय प्रणालीका विविध पक्षमा सुधार र सुधारका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*